बाढीपीडित क्षेत्रको अवलोकन

everest kitchen

बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी हुनुहुन्थ्यो ।

कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए ।