भीम रावलको राजीनामाबारे ओलीको टिप्पणी: संयोजन सकिनँ भन्नुभो, ठूलो कुरा होइन

everest kitchen

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिएको बताएका छन् । १० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नभएको भन्दै रावलले राजिनामा दिएका थिए।

पत्रकारसंगको संछिप्त कुराकानीमा ओलीले भेने,‘संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो,’ शनिबार पार्टी कार्यालयमा ओलीले भने, ‘त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’

साथै, उनले पार्टीमा कुनै १० भाइ भन्ने समूह नभएको बताए। , ‘१० बुँदे कार्यन्वयन सबैतिर भइसक्यो । केही-केही ठाउँमा रहेको भए रचनात्मक ढंगले कार्यन्वयन हुन्छ । त्यसमा समस्या छैन्, उनले भने।