एमाले राक्सिराङको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन

everest kitchen
file photo

सविन कुमार
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले राक्सिराङ गाउँ पालिका वडा अधिवेशन सर्व सहमतिमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ।

नेकपा एमाले केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार कार्तिक ६ गते एमाले वडा अधिवेशन देश ब्यापी रूपमा सपन्न गर्न सर्कुलर दिए अनुसार आज सम्पन्न अधिवेशन बाट राक्सिराङ-२ मा सिताराम चेपाङको नेतृत्वमा वडा कमिटी चयन भएको छ त्यस्तै राक्सिराङ-४ मा पदमश्री स्याङ्तान अध्यक्ष र सचिवमा केदार मोक्तान चयन हुँदै वडा कमिटी गठन भएको छ।

त्यस्तै राक्सिराङ-५ मा अध्यक्ष इजकिएल प्रजा र सचीवमा उमेश कुमार प्रजा चयन भएको छ। त्यस्तै राक्सिराङ-९ मा अध्यक्ष मेम्बर सिङ सिंतान र सचीवमा टेक कुमार थिङ चयन भएको छ।

त्यस्तै पालिका भित्रको दुई वटा वडामा सर्व सहमति नेतृत्व चयन भएता पनि अति बिकट र कार्यक्रम गर्न संभब नभएको ले राक्सिराङ – ७ अध्यक्ष पुर्ण बहादुर चेपाङ र सचिवमा उक्त राज घलान चयन गरिएने भएको छ भने वडा नम्बर-८ को अध्यक्ष प्रताप मोक्तान र सचीव सुर्य बहादुर प्रजा चयन गरिने एमाले मकवानपुर जिल्ला कमिटी सदस्य राक्सिराङ-६ का वडा अध्यक्ष सिंग लाल प्रजाले बताए।

त्यसैगरी राक्सिराङ गाउ पालिकाको १,३,६ भने असोज महिनामा नै अधिवेशन गरि नेतृत्व टुङ्गिएको छ। १ नम्बर वडामा अध्यक्ष बबिराम मोक्तान र सचीवमा अपिल लामा चयन भएका छन् ।

त्यस्तै ३ नम्बरको अध्यक्षमा थापा बहादुर दोङ र सचीवमा हरि कुमार थापा चयन भएको थियो त्यस्तै ६ नम्बर वडामा अध्यक्ष मोतिराम चेपाङ र सचिवमा सुरेश थिङ चएन भएका छन् ।