स्वास्थ्य अवस्था नाजुक भएका बैकोटेको मलेसियाबाट उद्दार

everest kitchen

मलेसिया । स्वास्थ्य अवस्था नाजुक भएका जुम्लाका रामकृष्ण बैकोटेलाई उद्धार गरि नेपाल फर्काइएको छ ।
उनलाई नेपाल राजदुतावास, पिएसीसी र एनआरएनए, मलेसियाको सामुहिक सहयोगमा मलेसियाबाट उद्दार गरि नेपाल पठाइएको हो ।

रामकृष्ण ओरबिक फोर्स सेक्युरिटी कम्पनीमा ३ बर्ष पहिले आएका थिए । स्वस्थ्यमा समस्या आएको कारण आफ्नो करार अवधि सकिए पछि नेपाल पठाईदिन कम्पनी संग अनुरोध गरे पनि नेपाल नपठाए पछि उनले २४ अप्रिल २०२१ मा कम्पनी छाडेर अन्य ठाउमा काम गर्न थाले । उनको हातमा ठुलै समस्या भएको र अप्रेशन तत्कालै गर्न डाक्टरले सल्लाह दिएको उनले बताए ।

रामकृष्णलाई उनका साथीहरूको सहयोगमा दुतावास पुगेका थिए । उनका लागि मलेसियाको अध्यागमनमा बुझाउनु पर्ने जरिवाना ५०० रिंगेट साथै एयरपोर्ट पुय्राउन पिएनसीसीले, हवाई टिकट एनआरएनए मलेसियाले र ट्राभल डकुमेन्ट लागि दुतावासले सहयोग गरेको नेपाली दुतावासका द्वितीय सचिव प्रेम बहादुर बुढथापाले बताए ।
रामकृष्ण २३ अक्टोबर साझ हिमालय एयरको उडान मार्फत नेपाल फर्किएको हो ।