गढी गाउँपालिकामा आगामी दिनमा पनि एमाले र माओवादी तालमेल हुने: माओवादी नेता चन्द्रबहादुर योञ्जन

everest kitchen

मकवानपुर। मकवानपुर जिल्ला गढी गाउँपालिका वडा नं.७ मा आज सम्पन्न वडा अधिवेशनबाट सर्वसहमतिमा मान बहादुर घलान नेतृत्वमा अधिवेशन सम्पन्न भएको छ।

उक्त कार्यक्रममा अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य चन्द्र बहादुर योञ्जनले आफ्नो भनाई राख्दै आगामी निर्वाचनमा माथिल्लो तहमा जे जस्तो भए पनि वडा नम्बर ७ मा नेकपा एमाले र माओबादी केन्द्र तालमेलका साथ निर्वाचनमा जानू पर्ने बताएको छन ।

त्यस्तै नेता योञ्जनले आफुहरु बिचारको राजनीति गर्ने तर अहिलेको नेपाली काङ्ग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरु विभिन्न सहयोगि दाताहरुको आडमा अर्थको राजनीति गर्ने र चुनावको बेला आर्थिक प्रलोभन पारेर जनतालाई झुक्याउने गरेको बिगतको दिनमा कम्युनिस्ट जति बलियो देखे पनि निर्वाचनमा हार बेहोर्न पर्ने कुरा प्रष्ट पार्दै अब यस्तो गल्ती दोहोर्‍याउन नहुने र निर्वाचित जनप्रतिनिधिहरु राजनीतिक पृष्ठभुमि फरक भएको सेवा ग्राही लाई सेवा उपलब्ध गराउन अनकानी गरेकी समेत आरोप उनले लगाए।

त्यस्तै अधिवेशन कै क्रममा आफ्नो भनाई राख्दै एमाले जिल्ला सदस्य वीर बहादुर रुम्बाले पनि अबको निर्वाचनमा कम्युनिस्ट एक हुनुको बिकल्प नभएको बताए।