एमाले अधिबेशनमा दर्जनौं एमालेमा प्रवेश

everest kitchen

मकवानपुर। नेकपा एमाले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को अधिवेशन पद्मश्री स्याङ्तानलाई सर्व सहमत अध्यक्ष चयन गर्दै अधिवेशन सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राक्सिराङ ४ का वडा अध्यक्ष सञ्जय कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै बिशेश अतिथि ओम कुमार स्याङ्तान अतिथिहरुमा सुजित लामा,ॐ संकर लामा, राम लाल मोक्तान लगायत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।

त्यस्तै उक्त अधिवेशनबाट अध्यक्षमा पद्मश्री स्याङ्तान,उपाध्यक्ष देव लाल स्याङ्तान,सचिव केदार मोक्तान उपसचिव रमेश कुमार स्याङ्तान,अर्को उपसचिव राज नेगि गरि ३१ समिति गठन गरिएको छ।

त्यसै गरि अधिवेशन प्रमुख अतिथि कोईरालाले माओवादी केन्द्र वडा संयोज राज नेगिको नेतृत्व माओवादी परित्याग गरि २ दर्जन र नेपाली काङ्ग्रेस परित्याग गरि दर्ज बढी लाई प्रमुख अतिथि कोइरालाले खादा लगाउदै पार्टी प्रबेश गराइ स्वागत गरेको एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामाले बताए।