अधक्ष ओली गृहजिल्ला झापामा

everest kitchen

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् ।

काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता सुवास नेम्वाङसहित प्रदेश १ का नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

ओलीले गृहनगर झापासहित प्रदेश १ का विभिन्न स्थानको भ्रमण तथा कार्यकर्ता भेटघाट गर्ने छन् । उनी तीन दिन झापामा रहने भएका छन्।