सुदूरका पहाडी जिल्लाहरुमा निगमद्वारा हवाई भाडादर लागु, कहाँको कति?

everest kitchen

धनगढी। नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। निगमले धढीनगलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालनका लागि भाडादर कायम भयको हो।

निगमले कायम गरेको भाडादरमा धनगढीबाट डोटी-२ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५ तोकिएको छ। त्यस्तै,
धनगढीबाट बझाङ ३ हजार ९९५ र बझाङबाट धनगढी ३ हजार ८९५ कायम गरेको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार यात्रुको चाप बढेपछि धढीनगलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि परीक्षण उडान हुनेछ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ।