हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

पीडित जन्मजात देखि हाेचा कदका रहेका छन । ६/७ बर्ष पहिले उनको कम्मरकाे नशा च्यापिएर खुट्टा नचलेर हिड डुल गर्नसमेत नसक्ने उनलाई संस्थाले आइतबार आर्थिक सहयोग पठाएको हो ।

लामो समयदेखि बिरामी भई घरमै बसिरहेका उनीसँग भएको पैसाले उपचार गराएपनि उनको खुट्टा निकाे नभएको र उनलाई थप उपचारको लागि आर्थिक सहयोगको खाँचो रहेको बताएको छ । साथै उनकाे आम्दानीकाे स्रोत केही नभएर थप उपचार गराउन निकै नै कठिनाई भएकोले ठाकुर अपांग द्वारा हेल्प मधेशी मलेशिया संस्था बाटआर्थिक सहयोग काे अपिल गरेको थिए।

उनको अपिल स्विकार्दै हेल्प मधेशी मलेशिया शाखा साह-आलम दलान द्वारा उहालाई उपचार गराउन का लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हेल्प मधेसी शाहआलम दलानका अध्यक्ष सराेज कुमार साहले बताए ।उनका अनुसार उनको बारेमा खबर पाउन साथ ठाकुरको लागि सम्पूर्ण साह आलम दलानका पदाधिकारी लगायत सदस्यहरु सङ्ग छलफल गरेर उनलाई सहयोग गर्न निर्णय गरेका थियोे ।

हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादव,र हेल्प मधेशी नेपाल धनुषाकी काेशाअध्यक्ष रुना झाले अपांग ठाकुरलाई उनी उपचाररत जनकपुरकाे एसपशि अर्थो हस्पिटलमा पुगेर सहयोग गरिएको हेल्प मधेशी मलेशिया केन्द्रिय सचिव विजय कुमार मण्डल ले जानकारी दिए ।