`म चितवनबाटै चुनाव लड्छु´: प्रचण्ड

everest kitchen

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताएका हुन्। आज भरतपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’

तपाइँलाई काउन्टर दिन एमालेले चितवनमा महाधिवेसन गरेको हो भन्ने कुरा सुनिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘एमालले चितवनमा महाधिवेसन गरे पनि म त झन् यहीँ आउन पर्यो नि ।

साथै, उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नपर्ने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’