प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

everest kitchen

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्।

विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्।

सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन।

मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए।