कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा

everest kitchen

सुर्खेत। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका हुन् ।

खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले गत फागुन १३ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । त्यसपछि खनाललाई न्यायधिवक्ताको रुपमा नियुक्त गरिएको थियो ।