१०५ विद्रोही मारिएको सैन्य गठवन्धनको दावी

everest kitchen

 

एजेन्सी। साउदी अरव नेतृत्वको सैन्य गठवन्धनले

photo file

गरेको छ । यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ ।

गठवन्धन सेनाले मारिएका सवै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ । उनीहरूमाथि गठवन्धन सेनाले हवाई आक्रमण गरेको थियो । देशको मारिब सहरमा घटना भएको हो ।

हुथी विद्रोहीहरुलाई भने इरानले सहयोग गरेको छ । उनीहरुले भने यति धेरै क्षति नभएको दावी गरेका छन् । दुवै पक्षका आ–आफ्नै दावी भएकाले यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

घटनास्थलबाट गठवन्धन सेनाले १५ ओटा सवारीका साधन नष्ट गरेको छ । घटनामा परी अरु कैयौँ घाइते पनि भएको जनाइएको छ ।