रुकुममा मेला हेर्न गएकी बालिकामाथि सामूहिक ब”लात्कार

everest kitchen
फोटो फाइल

रुकुम । पश्चिम रुकुममा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका १४, बाकेज्युलामा परम्परागत रूपमा लागेको मेला हेर्न गएकी बालिकालाई सामूहि ब”लात्कार गरिएको हो ।

हिजो साँझ जाजरकोटको नलगाड नगरपालिका १, कल्पतबाट मेला हेर्न आएकी १५ वर्षकी बालिका ब”लात्कृत भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले बताएको छ ।

आज बिहान मात्रै घटना बारे थाहा पाएको प्रहरीले उजुरी दिएको जानकारी दिएको छ । प्रहरी टोली अहिले उजुरी परेका व्यक्तिहरुको खोजीमा निस्केको पनि बताएको छ ।

घटनाबारे थप विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको स्थानीय आठबीसकोट नगरपालिकाको अस्पतालमा उपचार भइरहेको छ ।