राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने

everest kitchen

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ ।

वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र  श्रम कार्यक्रमबाट  नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता रहने उक्त कार्यक्रम यहि अक्टोवर १३ आईतबारका दिन नेपाली समयअनुसार  दिउँसो ४ बजे भर्चुअल माध्यम जुम मार्फत कार्यक्रम हुनेछ ।

कार्यक्रममा मलेसिया, साउदि, कतार, युएई लगायतका देशबाटपनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु सहभागी हुने पिएनसीसीका आईएलओ कार्यक्रम संयोजक भरत नेपालले जानकारी दिए ।

लाखौंको संख्यामा वैदेशिक रोजगारीमा नेपालीहरु विश्वभर रहेका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरुको अनिवार्य श्रम स्वीकृति हुनु पर्ने हुन्छ । वैदेशिक रोजगारमा जाने नेपालीहरुको विदेशमा रहदा हुने कुनै पनि घटना तथा दुर्घटना हुदा नेपालमा भएका आफन्तहरुले वैदेशिक रोजगार बोर्डको समाजिक सुरक्षा कोषबाट राहत रकम पाउने ब्यवस्था छ ।

करार अवधि समाप्ति पछि पुन: श्रम स्वीकृति गर्नु पर्ने हुन्छ । यदि पुन: श्रम स्वीकृति नलिएको खण्डमा वैदेशिक रोजगार बोर्डको सामाजिक सुरक्षा कोषबाट राहत प्राप्त हुनबाट बन्चित हुनुपर्ने हुन्छ ।

श्रम स्वीकृतीको बारे धेरैलाई जानकारी नभएकोले पाउने पर्ने सामाजिक सुरक्षा कोषको राहत पाउनबाटसमेत बन्चित भएको धेरै उदाहरणहरु रहका छन ।

यस कारण श्रम स्वीकृति सम्बन्धि बृहत जानकारी प्रदान गर्नको लागि यो कार्यक्रम आयोजना गरेको पिएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताए । साथै यस कार्यक्रममा वैदेशिक रोजगारी रहेका धेरै नेपालीहरु सहभागी भै जानकारी लिन आह्वान गरेका छन ।

उक्त कार्यक्रमलाई हिमााल टाईम्स डटकमको आधिकारिक फेसबुक पेजबाट पनि प्रत्यक्षप्रशारण गरिने भएको छ । कार्यक्रम मलेसिया तथा खाडी लगायतका श्रम गन्तव्य मुलुकका श्रमिकलाई लाभदायक हुने अपेक्षा गरिएको छ ।