शाहरूखका छोरा आर्यनको जमानतका लागि अदालतको १४ शर्त

everest kitchen

एजेन्सी। शुक्रबार दिउँसो न्यायाधीश एन. डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन ।

उनीहरुका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस दिनपछि, बिहीबार मुम्बईको आर्थर जेलबाट बाहिर आएका हुन्। उनको सुनुवाइ चलिरहेको छ। तर शुक्रबार यसबारे औपचारिक फैसला हुन सकेन।

समयमै आवश्यक कागजातहरू पुग्न नसकेका कारण उनको जमानतमा ढिलाइ भएको बताइएको छ। शनिबार मात्र उनको जमानतको काम पूरा हुनेछ।

यो प्रक्रिया शनिबार पूरा भए आर्यन औपचारिक रूपमा जेलमा बस्नुपर्ने छैन । योसँगै उनले उच्च अदालतले राखेका १४ शर्त पूरा गर्नुपर्नेछ।

आर्यन अदालतको अनुमतिबिना विदेश जान पाउने छैनन्। , उनले आफ्नो पासपोर्ट विशेष अदालतमा बुझाउनुपर्नेछ।
आर्यनले आफ्नो मुद्दासँग जोडिएका अरू आरोपीसँग सम्पर्क गर्न पाउने छैनन्।

त्यस्तै विशेष अदालतको कामकारवाही प्रभावित गर्ने प्रयास गर्न पनि पाउने छैनन्। , उनले कुनै पनि सञ्चारमाध्यममा अभिव्यक्ति दिन पाउने छैनन्।

आर्यनले मुम्बई छाडेर बाहिर कतै जानुपरे मुद्दासँग सम्बन्धित अधिकारीहरूलाई जानकारी गराउनुपर्नेछ। , अदालतको सुनवाइमा उपस्थित हुनुपर्नेछ। , आवश्यक परेका खण्डमा जाँचमा सहयोग गर्नुपर्नेछ।

यसबाहेक अन्य केही शर्त उनको जमानतका लागि राखिएको छ। उनले यी शर्तमध्ये कुनै एक मात्र उल्लंघन गरे पनि उनको जमानत रिहा हुने सञ्चारमाध्यमहरूले लेखेका छन्।