सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशन सम्पन्न : अध्यक्षमा बिजय सन्ध्या

everest kitchen

कुबेत। सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कुबेतको कबत हलमा शुक्रबार सम्पन्न अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा ३१ सदस्यिय सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो। जस्मा उपाध्यक्ष हरुमा क्रमशः कालु नागरि,बसन्त राना,महेश कुमार,महेश चन्द्र जोशी,महासचिवमा गगन सिंह बिष्ट,सचिवमा चेतराज गिरि, कोषाध्यक्षमा कालु सिंह बुढा,सह-कोषाध्यक्षमा शिद्ध बहादुर भण्डारी,कला संस्कृति बिभाग प्रमुखमा रतन बाजुरेलि,कला संस्कृति सह-प्रमुखमा धन बहादुर रोकाया रहेका छन्।

यस्तै सदस्यहरुमा जगा बहादुर खत्रि,सन्ध्या बम,सरिता राेकाय,बिमला गिरि,लक्ष्मी कार्कि,गणेश बहादुर चन्द,अमर खडका,थपेन्द्र देउवा,धिरेन्द्र चन्द,दिपेन्द्र,बिश्वकर्मा,देबराज भट्ट,किशाेर ऐरि,राजन चाैहान,बद्रि न्याैपानि,मान बहादुर साउँद,हरिलाला सिहँ धामि,भरत राेकाय,प्रेम भण्डारि,दिपक सुनार,रबिन्द्र सिहँ रहेका छन्।

यसैगरी सल्लाहकार समिति पनि गठन गरेको छ जस्मा पुष्कर सिहँ धामि,पुष्कर सिंह खडका,धर्म रावत,बिजय आउजि रहेका छन् भने संरक्षकमा अम्मर खड्का,राजन बम ठकुरी,बिकाश सिंह,निरुमाया खड्का लाई चयन गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाज कुबेत कि अध्यक्ष निरुमाया खड्काको सभापतित्वमा भएको अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका राजदुत महामहिम दुर्गाा प्रसाद भण्डारी रहेका थिए । बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडासैनी,एनआरएनए कुबेतका एनसीसी सदस्य माधव पौडेल,सिटि एक्सप्रेस कम्पनीका प्रतिनिधी बिकाश पौडेल रहेका थिए ।

उक्त अधिबेशन कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली सँघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, व्यवसायी, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै मध्यपूर्व क्षेत्र कुवेतमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासी हरूको सक्रियतामा अम्मर खड्काको अध्यक्षतामा सन् २०१७ जुलाई १७ तारिख स्थापना भएको समाजको उदेश्य प्राप्तिका लागि बिभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

सामाजिक,सांस्कृतिक,आर्थिक,शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुको साथै आपसी सदभावको लागि उत्प्रेरित गरि सुदूरपश्चिम प्रदेशको मौलिक कला-साँस्कृतिक पहिचानसँगै जगर्ना को साथै सुदूरपश्चिम प्रदेशमा भएका प्रसिद्ध स्थलहरुको प्रचार-प्रसार गर्दै आएको छ ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मूलनाराको साथ समृद्धि समाज निर्माणको परिकल्पनालाई आत्मासाथ गर्दै यस समाजको स्थापना भएको थियो ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला घर भई कुबेतमा बसोबास गर्ने र नेपालीहरुलाई आपत बिपतको घडीमा हामीले सहयोग गर्दै आएको साथै मातृभूमि नेपालमा पनि समाजको उदेश्य प्राप्तिका लागि आफ्नो कार्यकालमा थप केहि न केहि नयाँ गर्ने नवनियुक्त अध्यक्ष ठकुरीले बताए ।

सिटी एक्सप्रेस मनि ट्रान्सफर कुवेत शाखाले मुख्य प्रायोजक गरेका अधिवेशन कार्यक्रमको सन्चालन समाजका संस्थापक अध्यक्ष एव संरक्षक अम्मर खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य महेश कुमारले गरेको संरक्षक अम्मर खड्काले जानकारी दिए ।