नेपाली समाज मलेसियाले अभिमुखिकरण कार्यक्रम गर्ने

everest kitchen

जनता समाजवादी पार्टी नेपालको प्रवास शाखा संगठन नेपाली समाज मलेशियाले यहि नोभेम्बर २१ तारीख संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियान अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय परिसद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा हुने समाजका मुख्यसचिव केवल कुलुङले बताएको छ ।
योबकार्यक्रम ऐतिहासिक र महत्त्वपूर्ण भएको साथै भर्चुअल जुमको माध्यबाट हुने भएकोले देश तथा विदेशमा रहेका पार्टीका नेता, कार्यकर्ता, संचारकर्मी साथै शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागी हुन नेपाली समाज मलेसियाका अध्यक्ष नर बहादुर पुनले आह्वान गरेको छ ।
कार्यक्रम नेपाली समयानुसार दिउँसो ५:४५ तथा मलेसियाको साझ ८:०० बजे हुने आयोजकले जानकारी गराएको छ ।