तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बबि लाल तामाङ

everest kitchen

चितवन । तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पुर्वी चितवको खुरखुरे स्थित हङ्री हट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बबीलाल तामाङ अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनबाट अध्यक्ष बबि लाल तामाङ, उपाध्यक्ष सुनिता तामाङ , सचीव प्रकाश तामाङ , सह सचीव सन्तोष तामाङ, कोष अध्यक्ष :- प्रतिमा तामाङ, सदस्यहरूमा: सबिन कुमार लोप्चन, युवक मोक्तान तामाङ, सिमा तामाङ , सञ्जय तामाङ , सुरेश थिङ तामाङ, प्रमिला तामाङ चयन भएका छन् ।

त्यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षता र पुर्व मन्त्री तथा बागमती प्रदेश सदस्य माननीय दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रम विशेष अतिथिमा राप्ती नगर पालिकाका उपमेयर ईमान सिंह लामा,घेदुङ केन्द्रिय सदस्य तथा घेदुङ चितवनका ईन्चार्ज गोमन सिंह लामा , तामाङ पत्रकार संघ केन्द्रिय सदस्य उर्गेन तामाङ, अतिथिमा घेदुङ राप्तिका अध्यक्ष सन्देश घलान तामाङ, राप्ती-९ का वडा अध्यक्ष देवेन्द्र लामा,रापति-७ का वडा अध्यक्ष सुनिता डल्लाकोटी लगायत राप्ती नगर का कार्यपालिका सदस्य र विभिन्न जातिय संगठनका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

साथै तामाङ पत्रकार संघ चितवनका संस्थापक अध्यक्ष उर्गेन तामाङको योग्दानको कदर गर्दै सम्मान गरि कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको थियो।

कार्यक्रम समापन पछि बन्द सत्र घेदुङ केन्द्रिय सदस्य गोमन सिंह तामाङ निर्वाचन अध्यक्ष, सदस्यमा उर्गेन तामाङ, सर्स्वती लामा रहेको थियो।

अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिमा अध्यक्ष बबि लाल तामाङ,ज्ञानेन्द्र तामाङ र निरा तामाङ रहेको छ त्यस्तै केन्द्रिय अधिवेशन प्रतिनिधि मा बबि लाल तामाङ , राजेश रुम्बा, र सरस्वती तामाङ छनोट्क गरिएको छ।