पत्रकारितामार्फत तामाङ समुदायको आवाज उठाएको भन्दै पत्रकार तामाङलाई सम्मान

everest kitchen

चितवन । चितवनका क्रियाशील पत्रकार उर्गेने तामाङ सम्मानित भएका छन् । पत्रकारितामार्फत तामाङ समुदायको आवाज उठाउने र समाजिक, साँस्कृतिक जागरण ल्याउने कार्यमा भुमिका खेलेको भन्दै उनी सम्मानित भएका हुन् ।

पत्रकार संघ चितवनको कार्तिक १५ गते पुर्वी चितवन हङरे हट रेष्टुरेन्टमा भएको तेस्रो अधिवेशनको अवसरमा तामाङलाई सम्मान प्रदान गरिएको हो ।

संघले चितवन जिल्लामा तत्कालीन तामाङ सञ्चार समुहको संस्थापक अध्यक्षका रुपमा तामाङले पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान–पत्र र खादासहित सम्मान गरेको थियो ।

बागमती प्रदेशका पुर्व कृषिमन्त्री तथा प्रदेश सभा सदस्य दावा दोर्जे लामाले उहाँलाई सम्मान–पत्र प्रदान गरे ।

तामाङले तत्कालीन तामाङ सञ्चार समुहको संस्थापक अध्यक्ष भई चितवन जिल्लामा तामाङ पत्रकारलाई संगठित गराउन महत्वपुर्ण भुमिका खेल्दै आएका थिए ।

चितवनको कालिका एफएम, ड्रिम्स एफएम, काठमण्डौको थाहाखबर डटकम लगायत सञ्चारमाध्यममा आबद्ध भईसकेका उनी नेपाल पत्रकार महासंघ चितवनको सहसचिव छन् भने तामाङ पत्रकार संघको केन्द्रिय सदस्यसमेत हुन ।