दुई संस्थाको संयुक्त आयोजनामा तिहार बिशेष सांगितिक कार्यक्रम सम्पन्न

everest kitchen

खोटाङ सेवा समाज युकेको आयोजना र भिमु मेमोरियल ट्रष्टको संयोजनमा तिहार बिशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
दुई संस्थाको ब्यानरमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट भिमु मेमोरियल ट्रष्टका अध्यक्ष जानुका राईले गर्नु भएको थियो ।
तिहारको उपलक्ष्यमा आयोजित कार्यक्रम भिमु मेमोरियल ट्रष्टका अध्यक्ष राईले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य बारे जानकारी दिनुभयो । भिमु मेमोरियल ट्रष्ट र खोटाङ सेवा समाज यी दुई संस्थाको नाम र ब्यानर फरक रहेपनि काम भने स्थापना कालदेखि नै समाजिक कार्यमा अतुलनीय योगदान पुर्याउदै आएको अध्यक्ष राईले स्पष्ट पार्नु भयो ।


कार्यक्रममा उपस्तिथित सबैलाई तिहारको शुभकामना दिदै बेलायत निवासी खोटाङ सेवा समाज युकेका उपाध्यक्ष एवम् कार्यक्रमका बिशेष अतिथि भाज्ञवती राईले नेपाल आएकै बेला संयोगबस कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष बर्तमान संरक्षक तथा वरिष्ठ लोक दोहोरी गायक एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रजापति पराजुलीले कार्यक्रमलाई सम्बोधन गर्दै यस कार्यक्रमले विभिन्न गीत, सङ्गीत, कला र साहित्यको माध्यमबाट पुर्बी र पश्चिमको श्रष्टालाई जोड्ने सकारात्मक पुलको काम गरेको बताउनु भयो ।
यता नेपालबाट जानुका राईको अध्यक्षतामा चलिरहेको औपचारिक कार्यक्रम समापन भएसंगै खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईको अध्यक्षतामा भर्चुअल औपचारिक कार्यक्रम शुरु भयो । भर्चुअल कार्यक्रमलाई खोटाङका थुप्रै ब्यक्तिहरु कृषि बैज्ञानिक मदन राई, सु–प्रसिद्ध गायक राई ईज किङ राजेश पायल राई लगायतले सम्बोधन गरेका थिए ।


औपचारिक कार्यक्रम सकिए लगत्तै अनौपचारिक साङगीतिक कार्यक्रमलाई लोकप्रिय गायिका एवम् समाजसेवी मेनुका राईले समन्वय गर्नुभयो । कार्यक्रममा लोकप्रिय कलाकारहरु प्राज्ञ शान्तिराम राई, मेनुका राई, पार्बती राई, राई नवीन, रुप कुमार राई, फुलन्देकी आमा (उमेश राई) बिक्रम राई, देबेश राई, बबिना किराँती, रेवत राई, पार्बन राई (राई बुढा) मनिता राई, सशिकला राई र अनिल कोयी राई लगायतको बेजोड प्रस्तुतिले माहौल संगितमय बनेको थियो ।