विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समय टिक्छ’

everest kitchen

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पूरै समय टिक्ने बताएका छन् ।

ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धन पूरै समय टिक्छ ।’ उनले अहिले न्यायालयमा चलिरहेको विवादबारे भने बोल्न नचाहेको बताए ।

त्यस्तै ब्रिटिस सेनामा गोर्खाहरूको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको उनले बताए । बेलायती रक्षामन्त्रीले गोर्खा समस्या समाधानका लागि आफूहरु सकारात्मक रहेको बताएको उनले जानकारी दिए ।