प्रथम राप्ती नगरपालिका कपको उपाधि राप्ती -९ लाई

everest kitchen

चितवन । राप्ती नगरपालिका कप २०८७ को कप राप्ती ७ लाई पराजित गराउदै राप्ती ९ बिजय भएको छ ।
खेलमा विभिन्न चरण पार गर्दै आएका वडा नम्बर ७ र ९ बिच प्रतिस्पर्धा भएको थियो ।

खेल सुरु भएको केही मिनेटमा नै ९ नम्बर वडा क्याप्टेन सन्तोष थिङले गरेको गोलले अग्रता लिएपछि पहिलो हाफ १-० ले अग्रता लिएको थियो । दोस्रो हाफमा पुन टिम क्याप्टेन थिङले अर्को गोल गर्दै २-० ले अग्रता लिदै गर्दा ९ नम्बर वडा खेलाडी हिमाल श्रेष्ठ लगातार २ गोल गरेपछि राप्ती ७ राप्ती ९ सँग ४- ० ले पराजित भएको थियो ।

बिजेता टिमले ७० हजार रुपैया र उप बिजेता टिम ले ३५ हजार साथै ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरेका थिए।

त्यस्तै प्रथम राप्ती कपको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका कप्तान सन्तोष थिङ, उत्कृष्ट गोल किप्पर सोही वडाका गोल किप्पर रोजन तामाङ र उत्कृष्ट मिडफिल्डर भने ७ नम्बर वडाका रोमन गुरुङ घोषणा भएको थियो।

यस्तै कार्यक्रम सुरु हुन अगाडि चितवन राष्ट्रिय भेट्रान र राप्ती नगर पालिका भित्रका पत्रकार बिच मैत्रीपुर्ण खेल भएको थियो । उक्त खेल चितवण भेट्रन बिजय भएको र पत्रकार र भेट्रानको टिमलाई सम्मान पत्र बितरण गरिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने युवा जागृती क्लब राप्ती १ लोथर र राष्ट्रिय भेट्रान चितवन लाई सम्मान गरेका थिए।

साथै, कार्यक्रम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा संसद दावा दोर्जे लामा,बिशिस्ट अतिथि नगरपालिका मेयर प्रभा बराल,बिशिस्ट अतिथि ईमान सिंह लामा लगायत वडा अध्यक्षहरु त विभिन्न क्षेत्रका प्रतिनिधि हरुको उपस्थिती रहेको थियो।