यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने

everest kitchen

काठमाडौं । यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ । एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो ।

साथै, अब यति एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउने भएको हो ।

अन्तर्राष्ट्रिय उडानका लागी सबै तयारी पूरा भएको र अब जुनसुकै समयमा पनि तोकिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न सक्ने कम्पनीले जनाएको छ ।