प्रदेशको नामाकरण चाँडै टुंगोमा लाग्छ : मुख्यमन्त्री राई

everest kitchen

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्।

बिहीबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्।

अघिल्लो सरकारले शुरू गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने बताए। मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए।

‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरूलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ, त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरू खोजेर ठूलो बनाउने प्रयास गर्छौं’, मुख्यमन्त्री राईले भने।

‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्न योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं, सांसदलाई निरिह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसदहरू बलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं, शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने कामहरु गर्नेछौँ उनलेे थपे ।