सुदूरपश्चिमेली नेपाली समाज पेनाङ्ग मलेसियाको तिहार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

everest kitchen

मलेसिया । नोभेम्बर ०७ का दिन सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रिय समितिले मलेसियाको पेनाङ्ग राज्य अंतरगत पर्ने इन्द्रवासिमा रहेको धौलागिरी रेस्टुरेन्टमा भब्यताका साथ तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,पेनाङ क्षेत्रिय समितिका अध्यक्ष शिव बहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय संरक्षक समिर मल्ल प्रमुख अतिथि रहेका थिए । अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया पेनाङ क्षेत्रिय समितिका सल्लाहकार दिपक राज जोशी र पेनाङ क्षेत्रिय समितिका संरक्षक रमेश बहादुर ऐर रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय संरक्षक समिर मल्लले उपस्थित सबैलाई तिहारको शुभकामना दिदै हामि सुदूरपश्चिमेली नेपालीहरु भनेर चिनाउने यस्ता खाल्लका कार्यक्रम समय-समयमा राख्नु पर्ने र आ-आफ्नो आफन्त घर परिवारबाट टाढा भएका हामि सम्पूर्ण सुदूरपश्चिमेली नेपालीहरुलाई एकै ठाउँ जम्मा गरि रमाइलो गर्ने यो अबसर प्रदान गरेकोमा सुदूरपश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति परिवारलाई धन्यवाद दिएका थिए ।

साथै उनले आफु सम्पुर्ण रुपमा सातमै रहेको र जुनसुकै परिस्थितिमा सकिने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

हामि परदेशमा बसे पनि हाम्रो कला-संस्कृति निकै प्यारो लाग्ने गर्छ त्यसैले यस्तो चाडपर्वमा सबै प्रवासी नेपाली दाजुभाई दिदिबहिनी संगै भएर एकै ठाँउमा बसेर रमाइलो संगै शुभकामना आदानप्रदान गरौ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको क्षेत्रिय समिति पेनाङ अध्यक्ष शिव बहादुर ऐरले बताए ।

पेनाङ ईन्द्रबासिमा रहेको धौलागिरी रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा नेपाली खानाको स्वाद आउने सबैलाई आकर्षित गरेको थियो। कार्यक्रमको व्यवस्थापन क्षेत्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र सुनारले गर्नु भएको पेनाङ क्षेत्रिय समितिका महासचिव प्रकाश कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रममा पेनाङ क्षेत्रिय समितिका कोषाध्यक्ष राजेन्द्र धामि,कला संस्कृति बिभाग प्रमुख बाबु बिवश,लगायतको उपस्थित रहेको थियो । तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित तेस्रो कार्यसमितिको यो पहिलो भेटघाट हो।

पेनाङ क्षेत्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र सुनारले स्वागत मन्तव्य राख्नुभएका कार्यक्रमको सन्चालन उपाध्यक्ष सुरेश भण्डारीले गरेका थिए ।

दिपावली तथा भाइटिकाको दिनबाहेक सबैको समय अनुकुलता हेरि समाजले आइतबारका दिन सो कार्यक्रम गरेको थियो । (रमेश सिंह ऐर/ सुदूरपश्चिमेली समाज)