मलेसियाका लागि नेपाली राजदूत पाण्डे स्वदेश फर्किदै

everest kitchen

काठमाडौं । मलेसियाका लागि नेपालको आवासीय राजदूतका रुपमा रहेका उदयराज पाण्डे नेपाल फिर्ता हुने भएका छन् । चार वर्षे कार्यकाल अगावै सरकारले फिर्ता बोलाएपछि उनी बुधबार स्वदेश फर्किन लागेका हुन ।

यसअघि सन २०१९ मा मलेसियाका लागि नेपाली राजदुतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

पाण्डेले मलेसियामा राजदूतको कार्यकालमा रहदा सकरात्मक कार्य सम्पादनको प्रयास गरेको बताईन्छ । उनले राजदुतावास हुने काम कारबाहीलाई तुलनात्मक रुपमा छरितो र सजिलो बनाउने प्रयास गरेका थिए ।

राजदूत पाण्डेले नेपाली राजदुतावास र मलेसियामा रहेका श्रमिक सम्बन्धि गतिविधि र समस्या बारे गुनासो सम्बोधन र विभिन्न जानकारी दिन सामाजिक सञ्जाल फेसबुक मार्फत साप्ताहिक रुपमा लाईभ कार्यक्रम चलाउने व्यवस्थापनसमेत गरेका थिए ।

मलेसियाको लागि राजदूत हुनपूर्व साउदी अरबीयको लागि नेपाली राजदूतको रुपमा काम गरि सकेका पाण्डेको कार्यकाल बाँकी रहदै मलेसियाबाट फिर्ता बोलाइएका हुन ।