रुकुममा मेला पर्वको रौनक शुरु

everest kitchen
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको “झुल्नेटा मेला”को अवसरमा स्थानीय मयुर नाच हेर्दै स्थानीयहरु

दिपक मगर
रुकुम । रुकुममा मेला पर्वको सिजन सुरु भएको छ । यहाँ दशै र तिहारपछि विभिन्न समयमा विभिन्न दर्जनौं स्थानमा मेला लाग्ने गरेका छन् ।

जस अनुसार आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मेला सम्पन्न भएको छ । तिहारपछिको कार्तिक शुक्ल पन्चमीको पूजापाठपछि लाग्ने उक्त मेला परम्परागत रुपमा लामो समयदेखि लाग्दै आएको स्थानीयले बताउछन् । मेलामा परम्परागत झाँकी, खानपान, नाचगानको रौनक रहदै आएको छ ।

साथै, रुकुममा यस्ता थुप्रै परम्परागत तथा धार्मिक रुपमा मेलाहरु लाग्ने गरेको पाएको छ । वर्षभरिको कामको थकान मेटन् , आफन्त साथी भाईहरु भेट्न,मेला एक महत्त्वपूर्ण बहाना रहेको स्थानीय झुपलाल मगरले बताए । उनका अनुसार बाजे/बुवाको पालामा मेलाको अवसरमा भेटिएर बिहे गर्ने प्रचलन पनि थियो ।

कोभिड-१९ प्रकोपले अघिल्लो वर्ष जिल्लामा लाग्ने विभिन्न धार्मिक र परम्परागत मेलामा रोक लगाइएपनि यस वर्ष भने मेला लाग्न सुरु गरेका हुन । जिल्लामा सबैभन्दा ठूलो मेला डिग्रे मेला हो ।

५ दिनसम्म लाग्ने डिग्रेमेलामा डिग्रेशाईकुमारी पूजाआजा गर्न तथा मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।