नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाद्वारा फाल्गुनानन्द जयन्ती कार्यक्रम सम्पन्न

everest kitchen

मलेसियामा महागुरु फाल्गुनानन्दको १३७ औं जन्मजयन्तीको अबसरमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाद्वारा एक कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
यहि मलेसिया क्वालालुम्पुर स्थित द गोर्खाज रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपीन राई, किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका संरक्षक सल्लाहकार दीलकूमार केरुङ्ग, किरात याक्थुङ्ग चुम्लुङ्गका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण आङदेङबे, नेपाल मगर संघ मलेसियाका सल्लाहकार तथा पूर्व अध्यक्ष सुन्दर आले, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका कोषाध्यक्ष बीरबहादुर सारु मगर लगायत अन्य प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
नेपालका राष्ट्रिय बिभूति समेत रहनु भएका धर्म गुरु फाल्गुनानन्द लिङदेनको तस्बीरमा पुष्पाञ्जली अर्पण गरि सम्पन्न गरिएको कार्यक्रममा उनको कार्यहरुको महिमा बर्णन गर्नुका साथै शुभाशिषको कामना गरिएको थियो ।
कोरोना महामारीले गर्दा सिमित ब्यक्तित्वहरु बिच सम्पन्न कार्यक्रममा किरात परम्परागत खानेकुराहरुले पाहुनाहरुको स्वागत गरिएको थियो ।