सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच झडप

everest kitchen

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।

कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडपकाक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यवासायीहरुबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्नामा बसेका छन् ।