विज्ञ भन्छन् ‘यसरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना कम रहन्छ’

everest kitchen
photofile

एजेन्सी । हामीलाई थाहै भएको कुरा हो पुरुषको वीर्यमा भएको शुक्रकिट तथा महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँगको मिलनबाट नै गर्भको सुरुवात हुन्छ । यसका लागि सामान्य रूपमा लिङ्ग–योनि यौनसम्पर्क राखिँदा लिङ्गबाट स्खलित वीर्य सिधै नै योनिमा पर्ने भएको हुनाले त्यसमा भएको शुक्रकिट योनि हुँदै पाठेघर अनि डिम्बवाहिनी नलीसम्म पुग्न सक्छ र त्यहाँ डिम्बलाई निसेंचित गर्न सक्छ ।

तर, सबै नै यौन क्रियाकलापमा भने विविधता हुन्छ । यौन जोडिले विभिन्न किसिमका यौन क्रियाकलाप गर्न सक्छन् । क्रियाकलापअनुसार नै पुरुषको वीर्य (जसमा शुक्रकिट) हुन्छन् प्रजनन प्रणालीमा प्रवेश गर्ने सम्भावना कत्तिको छ भन्ने आधारमा गर्भ रहने सम्भावना बढी वा कम हुन गर्छन् । यसैलाई नै ध्यानमा राखेर केही प्रमुख बुँदाहरूको चर्चा गर्ने छौं ।

गर्भको सम्भावना
सामान्य तथा गहिरो चुम्बन मात्र गरिएको स्थितिमा गर्भ रहने सम्भावना हुँदैन । त्यसैरी मुखमैथुन गर्दा वीर्य स्खलन मुखमा नै गराएको स्थितिमा पनि गर्भ रहने सम्भावना हुँदैन । बोलिचालीको भाषामा सँगै सुतेको भन्दा यौनसम्पर्क राखिएको भन्ने बुझिन्छ । यौनसम्पर्क जस्ता क्रियाकलाप नगरी सँगसँगै एकै बिछयौनामा सुतेको स्थितिमा गर्भ रहँदैन । यस्तो स्थितिमा केटाको लिङ्ग उत्तेजित हुन पुग्दैमा पनि केही हुने स्थिति हुँदैन ।

अति कम गर्भको सम्भावना
यौन क्रियाकलापको दौरानमा केटा तथा केटीले बाक्लो कपडायुक्त पाइन्ट तथा भित्री पहिरन (अण्डरवेयर) लगाएको अवस्थामा वीर्य स्खलन भएको स्थितिमा गर्भ रहने सम्भावना लगभग शून्य नै हुन्छ । शुक्रकिट पौडनलाई वीर्य तथा योनि रसको पर्याप्त मात्रा हुनु जरुरी हुन्छ रु यस्तो स्थितिमा शुक्रकिट बाक्लो कपडाका तहबाट पौडेर योनिसम्म पुग्न असम्भव प्रायस् नै हुन्छ । त्यसैगरी पौडी पोखरी वा वाथटबमा वीर्य स्खलन गरिएको स्थितिमा पनि गर्भ रहने सम्भावना शून्यप्रायस् हुन्छ । पौडी पोखरी जस्तो रसायन ९क्लोरिन० युक्त पानी वा वाथटव जस्तो तातो पानीको सम्पर्कमा आउना साथ केही सेकेन्डमा नै शुक्रकिट मर्छन् ।

त्यसैगरी योनिद्वारभन्दा जस्तै कि पेट, गोडा, पिठ्युँ, पाखुरा जस्ता अङ्गमा वीर्य स्खलन हुँदा पनि गर्भरहने सम्भावना शून्य प्रायस् नै हुन्छ । तर, योनिभन्दा बाहिर भए पनि भगक्षेत्रमा वीर्यस्खलन भएको छ भने थोरै नै भए पनि गर्भ रहने सम्भावना रहन्छ । वीर्य सुकेको स्थितिमा शुक्रकिट मर्ने गर्छन् । त्यसैगरी गुदामैथुन गर्दा पनि प्रजनन अङ्गमा शुक्रकिट प्रवेश गर्न सक्दैनन् भने वीर्य स्खलन नभएको स्थिति त्यसमा पनि लिङ्गको प्रवेश योनिमा नभएको स्थितिमा गर्भ रहने सम्भावना अति नै कम हुन्छ ।

गर्भको सम्भावना कम
केटाले वीर्य स्खलन योनिको नजिकै भएको र तपाईंले पनि पातलो पहिरन लगाउनु भएको छ भने केही भए पनि गर्भको सम्भावना हुन्छ । माथी भनिए झैं शुक्रकिट पौडन पर्याप्त तरल पदार्थ हुनुपर्छ । यदि पातलो भित्री पहिरन (अण्डरवेयर) मा वीर्य तथा योनिरसले पर्याप्त रूपमा भिजेको छ भने त्यसमा पौड्दै शुक्रकिट योनिमार्गमा पुग्न सक्छ । त्यसैगरी योनि बाहिर नै भए पनि योनिद्वार नजिकै भगक्षेत्रमा वीर्य स्खलन हुँदा शुक्रकिटले योनिसम्म पुग्ने बाटो पहिल्याउन सक्ने भएकाले केही भए पनि सम्भावना हुन्छ । त्यसैगरी कण्डमनै लगाएको भए पनि गुदामैथुन गर्दा वीर्य स्खलन गरियो र कण्डम सही रूपमा यसको प्रयोग गरिएको स्थिति रहेन भने केही भए पनि गर्भ रहने सम्भावना हुन्छ ।

गर्भको सम्भावना मध्यम
महिनावारी नियमित नहुने महिलाको महिनावारी कै बेलामा यौनसम्पर्क भएर वीर्य स्खलित हुँदा गर्भको सम्भावना मध्यम रूपमा हुन्छ । कण्डम नलगाई थोरै नै समयका लागि भए पनि गरिएको योनि–लिङ्ग यौनसम्पर्क पनि यसमा पर्छ । त्यसैगरी गुदामैथुनको दौरानमा गरिएको वीर्य स्खलन मलद्वारमा गरियो र केही गरी वीर्य मलद्वारबाट बाहिर निस्केर योनिमा पर्न जाने स्थितिमा हुने भएको मध्यम सम्भावना भएको भनिन्छ ।

गर्भको बढी सम्भावना
कण्डम वा गर्भ निरोधको साधन बिना गरिएको यौनसम्पर्कमा वीर्य स्खलन योनिमा नै भएको स्थितिमा गर्भ रहने बढी हुन्छ । कण्डम नै लगाएको स्थितिमा कण्डम फुटेर पनि वीर्य स्खलन योनिमा नै भएको स्थिति गर्भ रहने सम्भावना बढी हुन्छ ।

के गर्ने त ?
भित्री पहिरन को संरचना र कत्तिको तरल पदार्थले भिजेको छ अनि वीर्य स्खलन कसरी कहाँ निर भएको छ भन्ने कुराले गर्भ रहने सम्भावनालाई कसरी प्रभाव पार्दो रहेछ भनेर त बुझिनै सक्नुभयो । यहाँ तपाईंलाई के कस्ता परिस्थिति थियो त भन्ने कुरा पनि थाहा भएको हुनाले गर्भरहने सम्भावनाको बारेमा विचार गर्न सक्नुहुन्छ । तपाईंले यौन क्रियाकलाप गर्दा तपाईंको महिनावारीको कुन बेला थियो भन्ने कुराले पनि गर्भ रहने सम्भावनालाई कम वा बढी बनाउँछ ।

प्रजनन प्रणालीमा अन्य कुनै विकार नभएको गर्भ रहनु महिनावारी रोकिने प्रमुख कारण भएकाले सर्वप्रथम गर्भ रहे नरहेको पक्का गर्नुपर्छ । यसका लागि पिसाब जाँच गरेर गर्भ रहे नरहेको पत्ता लगाउन सकिन्छ । यो बजारमा किन्न पाइन्छ र आफैंले पनि जाँच गर्न सकिन्छ । यदि गर्भ रहेको रहेछ तर त्यसलाई निरन्तरता नदिने हो भने सुरक्षित गर्भपतनका लागि नजिकै को सूचीकृत सेवा केन्द्रमा सम्पर्क राख्न सक्नुहुन्छ । गर्भ नरहेको भए तनाव कारण हो जस्तो लाग्छ भने त्यसलाई कम गर्नुपर्छ नत्र अन्य कारणको खोजी गर्नुपर्छ । गर्भ रहने सम्भावना भएका यौन क्रियाकलापमा संलग्न हुँदा भरपर्दो गर्भ निरोधको साधन अपनाउनु पर्छ । – डा. राजेन्द्र भद्रा