एम्बाप्पे चम्किँदा फ्रान्सको ८ गोल

everest kitchen

काठमाडौं।विश्वकप साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ ।

खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा गरेका ८ मध्ये ४ गोल उनैले गरे ।

खेलको छैटौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पेले १२ औँ र ३२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको अन्त्यतिर उनले चौथो गोल गरे ।