रवीन्द्र मिश्रको पार्टीबाट दर्जन नेताद्वारा पार्टी परित्याग

everest kitchen

पोखरा । विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी परित्याग गरेको छन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्यद्वय प्रकाश आचार्य, मनिषा मगर,गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने रहेका छन् ।

त्यस्तै तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गाना रहेका छन् ।

उनीहरुले दुई फरक पार्टीलाई एक ठाउँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्न लाग्नुको साटो अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरेर पार्टीमा तानाशाही प्रबृत्तिका लाद्न खोजेको आरोप लगाएका छन् ।

एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइन विपरीतका मुद्दालाई बहसमा ल्याएर अध्यक्षले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको उनीहरुको आरोप छ ।