जनयुद्ध सम्झाउने गरी रुकुममा विप्लव नेकपाको राँके जुलुस (फोटोसहित)

everest kitchen

रुकुम । जनयुद्ध सम्झाउने गरी रुकुम (पश्चिम)को विभिन्न स्थानमा नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले राँके जुलुस गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्दिको विरोधमा पार्टीले देशभर तय गरेको विरोध कार्यक्रम अनुसार रुकुममा जुलुस गरिएको हो ।

विप्लव नेतृत्वको नेकपाले आज सांझ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटा नजिकै रहेको धुम्भिरमा मसाल जुलुस निकाले थियो । उक्त स्थानमा तत्कालीन जनयुद्धको समयमा माओवादीले मसाल जुलुस गर्ने गरेकोमा शान्ति प्रक्रियापछि पहिलोपटक आफुहरुले मसाल जुलुस गरेको स्थानीय नेताकार्यकर्ताले बताएका छन् ।

त्यस्तै उक्त पार्टीले रुकुम पश्चिमको सिम्रुतु, खलंगा लगायतका स्थानमा मसाल जुलुस निकालेको छ । यस्तो जुलुस कार्यक्रम देशभर गरेको उक्त पार्टीले जनाएको छ ।हिजो एक घण्टा चक्का जाम गरेको उक्त पार्टीले भोलि ३० गते नेपालको बन्दको आह्वान गरेको छ ।