बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ

everest kitchen

लमजुङ्ग । लमजुङ्गबाट सोमबार बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गणक विना थापा रहेकी छिन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएको थियो ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।उज्यालोनेटवर्क