मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

everest kitchen

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ ।

सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको बैठक आज १२ : ३० बजेको लागि डाकेका छन् । सोही बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची छ ।

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् ।