नेपाल र कतार बीच पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट हुँदै

everest kitchen

काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपालले आज (मंगलवार) पहिलो पटक कतार बिरुद्व अन्तराष्ट्रिय टि–२० सिरीज खेल्दैछ । प्रतियोगिताको तयारीको लागि कतार पुगेको नेपाली टोलीले दोहा स्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा आज पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

नोभेम्बर २२ तारिख देखि युएईमा सुरु हुने टि–२० विश्वकप एसिया छनोट प्रतियोगिता अघि नेपाली टिमले अभ्यास खेलको रुपमा सिरिज खेल्न लागेको हो। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पछिल्लो पटक दुई वर्ष अघि सन् २०१९ डिसेम्बरमा दक्षिण एसियाली खेलकुद (साग)मा अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल खेलेको थियो। त्यसपछि कोभिड–१९ का कारण अन्य प्रतियोगितामा टीमले सहभागिता जनाउन पाएको छैन।

नेपालको तुलनामा कतार महिला क्रिकेट टिम कमजोर टोलि हो जसले हालसम्म ४ वटा मात्र टि–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। अन्तर्राष्ट्रिय वरियता नपाएको कतारको तुलनामा नेपाल टि–२० अन्तर्राष्ट्रिय महिला वरियतामा १४ औं स्थानमा छ। नेपालसँग खेलेपछि कतार महिला क्रिकेट टिम पनि टि–२० अन्तर्राष्ट्रिय वरियतामा समाबेश हुनेछ।

नेपाली महिला टिम : रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे (विकेटकिपर), सरस्वति चौधरी, काजल श्रेष्ठ (विकेटकिपर), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा

कतार महिला टिम : आयषा, आयशा रहमान, एन्जेलिन मरे, त्रुपति काले, अलिना खान, सचि धडवाल, खादिजा इम्तियाज, हिराल अग्रवाल, स्नेह चंदनानी (कप्तान), रिज्फा बना इमानुयल, सबिजा पानायान, केरी पौसेट, श्रुतिबेन राना , रिभा शाह , शारिनावाब बहादुर