एमाले नेता भट्टराई सपथ ग्रहण तथा पार्टी प्रशिक्षणको लागि मनहरी आउने

everest kitchen

मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका सचिव तथा प्रचार प्रसार प्रमुख योगेश भट्टाई मनहरी आउने भएका छन् ।

आउदो मंसिर २ गते मनहरीको अग्नि होत्रा आश्रम मनहरी ९ रजैयामा हुने सपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा आउनु लाग्नु भएको नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले जानकारी दिए।

नेता भट्टाई मनहरी आउने भएपछि उहाँको स्वागत लागि तयारी समेत थालिएको छ भने राजनैतिक दल र भातृ संघ संगठनहरुले स्वागत गर्ने तयारी रहेको छ।