कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग

everest kitchen

काठमाडौ । कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग गरेका छन् । राजपुतलाई स्वरोजगार बन्न तथा भविष्यमा जीवन यापन चलाउनका लागि १ लाख ३ सय सहयोग गरिएको हो ।

कार्तिक २९ गते सोमवारका दिन रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली समाजसेवीहरु अमरेश कुमार यादव, दिपक कुमार मण्डल, सुशील कुमार महताे, विजय कुमार मण्डल र अन्य नेपालीहरुको पहलमा रकम संकलन गरेर सहयोग गरेका हुन ।

हिजो दिनको २:०० बजे उक्त सहयोग रकम जनकपुरधाम स्थित एस.पि.अर्थोपेडिक अस्पतालमा डा.संजय साह,हेल्प मधेशी नेपाल का अध्यक्ष श्री राम उदगार यादव र महिला अधिकारकर्मी सबिता यादवले पीडितलाई रकम हस्तान्तरण गरेका थिए ।

महोत्तरीकी निहारीका सिंह उमेरले २१ वर्षकी मात्र छिन । बाबुआमाको कमाइमा सुख खोज्ने बेला काखमा १ बर्षका छोरा बोकेकी छन्। आमाबुवाले उनलाई तिरस्कार गरेर घरबाट निकाले पनि उनी आमा बन्न पाएकोमा गर्व गर्छिन्।

काखमा भएको बच्चाको मुख हेर्दै आखाँमा खुसीको आँशु निकाल्छिन् र भन्छिन्, ‘मलाई आमा बन्ने सौभाग्य दियौ। तिम्रो के दोष थियो र तिमीलाई मैले गर्भमै मार्नु त्यसैले मैले दुनियाँ छोडेकी छु।’

निहारीकाले गत २०७७ भदौ ५ गते तीजका दिन छोरालाई जन्म दिइन्,उनले त्यस पहिलाका ९ महिना रोएरै बिताइन्। कहिलै कसैको त कहिले कसैको ढोकामा पुगिन्, न्याय माग्न। धनुषामा रहेका स्थानीय निकाय, जिल्ला प्रहरी, महिला अधिकारकर्मी, संघसंस्था तथा प्रदेश नं. २ को प्रदेश प्रमुखको ढाेक सम्म ढक्ढक्याइन् तर, सबैले उनको गर्भमा रहेको बच्चा फाल्ने सुझाव दिएका थिए।

उनी ती सबै सुझावको विपक्षीमा उभिइन् र आफ्नो बच्चालाई जन्म दिएरै छोड्ने अठोट गरिन्। अन्ततः माइतीघर छोडिन् र एक्लै खुल्ला आकाशमुनी आइन्।

घटना के थियो …..
निहारीका उच्च शिक्षा हासिल गर्न जनकपुरमा बस्थिन्। त्यही बेला उनीसँग एकजना पुरुषको भेटघाट हुन्छ। मोबाइल कम्पनीमा काम गर्छु भन्ने श्रेष्ठ थरका केटासँग निहारीकाको प्रेम सम्बन्ध अघि बढ्छ। कन्या केटी र विवाह नगरेका तर उमेर पुगेका केटासँग भेटघाट र प्रेम सम्बन्ध भएपछि उनी हर्षित हुन्छिन्।

निहारिकाले त पुरै विश्वास गरेको थिएँ,’ तर केटाले उनलाई कुमारी अवस्थामै गर्भवती बनाएर विवाह गर्न मानेनन् ।