टिप्परमा करेन्ट लागेर घाईते भएका छठु महतोलाई मलेसियाबाट आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
मलेसिया । गाडीमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका टिपर चालक छठु महतोलाई मलेसियामा रहेका नेपालीहरुले नगद रु. ३० हजार आर्थिक सहयोग गरेका छन् ।

महतो बारे सामाजिक संजाल मार्फत जानकारी भएपछि समाजसेवी विजय कुमार मण्डलको नेतृत्वमा छठु महतोको लागि मलेशियाको मलाकामा रहेको वाईएचआई कम्पनीमा, कार्यरत नेपाली, भेयतनाम, बाङ्लादेश, म्यानमार र मलेशियाको विभिन्न ठाउँमा रहेका नेपालीहरुबाट रकम संकलन गरेर ३० हजार नगद आर्थिक सहयोग गरिएको बताएको छ ।

घाइते महतोको घरमा पुगि स्थानीय समाजसेवी युवा नेता रमेश महतो , युवा अभास महतो , स्थानीय समाजसेवी श्याम प्रसाद महातो तथा स्थनीय पत्रकारको उपस्थितिमा युवा समाजसेवी अर्थात हेल्प मधेसी मलेसियाका उपाध्यक्ष सुरेन्द्र महतोले ३० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन ।

केहि दिन पहिला बर्दिबास नगरपालिका वडा नं-१२ बिजलपुरा निवासी छठु महतो जिल्लाको मनरासिसवा नगरपालिका वडा नं-४ जाउख चोकस्थित जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरको टिपरमा एघार हजार भोल्टजको तारमा टाँसिएपछि गाडीमा करेन्ट प्रवाहभई टिपर चालक महतो गम्भीर घाइते भएका थिए ।