आज पनि बारले धर्ना दिने, प्रधानन्यायाधीशले तोके १० इजलास

everest kitchen

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश राणाले बुधबारका लागि १० इजलास गठन गरेका छन् ।

१० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । राणाको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न राणाले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै राणाकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।

कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर राणाको राजीनामा मागिएको हो ।