जारी जनगणनाले समाजको यथार्थ चित्रण गर्न सक्दैन: उप-सभामुख तामाङ

everest kitchen

काठमाडौ । बागमती प्रदेशकी उप-सभामुख राधिका तामाङले अहिले जारी रहेको जनगणनाले समाजको यथार्थ चित्रण नहुने बताएकी छन् । संघिय राजधानी काठमाडौंको बौद्ध स्थित तामाङ भवनमा तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम प्रदेश सभा भेलामा प्रमुख अतिथिको रुपमा पुगेकी तामाङले यस्तो बताएकी हुन ।

कार्यक्रममा जनगणना बारे टिप्पणी गर्दै जनगणनाको लागि गणक पठाए पनि उचित शिक्षा बिना नै पठाएको र कतिपय गणकहरुले धर्म बारे भ्रमित टिप्पणी गर्दै आएको हुँदा यसले यथार्थ चित्रण गर्न नसक्ने उनले बताईन।

त्यस्तै जनगणना बारे चर्चा परिचर्चा गर्दै गर्दा तामाङ समुदायले सामाजिक संजालमा प्रचार प्रसार गरे पनि गाउँ गाउँ मा यश बारे थाहा नभएको र हल्ला गर्नु भन्दा गाउँ गाउँ गएर शिक्षा दिन सकेको भए अझ राम्रो हुने सुझाव दिएको छ ।

यस्तै कार्यक्रममा नेता,बरिस्ठ ब्याक्तित्वहरुको भनाई भन्दा पत्रकार ले लेखेको कुरा गलत भए पनि समाजले पत्याउने भएको हुँदा ससक्ता ढंगले अघि बढ्न तामाङ पत्रकार संघ र तामाङ पत्रकार हरुलाई सुझाब दिएका थिए।