नयाँ सोच भएका नेतृत्व छनोटका लागि सर्वेक्षण, एमालेका १०० जना नेता छानिने

everest kitchen

नयाँ सोच भएका नेतृत्वलाई समाजमा स्थापित गराउन मिडिया एकेडेमी नेपालले भिडियो र डकुमेन्ट्री निर्माणको काम सुरु गरेको छ ।

नेपालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी लोकप्रिय नेतृत्व छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन र सो पार्टीको केन्द्रीय समितिमा रहेको प्रमाणित तथ्यलाई प्रमुख आधार मानी भिडियोमार्फत सर्वेक्षण गरिने बताइएको छ ।

छनोट पक्रियाको पहिलो चरणमा नेकपा एमालेको केन्द्रीय नेतृत्व (२४६ सदस्यीय १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समिति) सदस्यमध्ये कुन नेताको लोकप्रियता कति छ भनी पत्ता लगाउन आम जनसमुदायमा सार्वजनिक भोटिङका लागि आह्वान गरिनेछ र १०० जना नेता छानिने छन् ।

दोस्रो चरणमा १०० मध्येबाट उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्येबाट उत्कृष्ट २५, चौँथो चरणमा अन्तिम चरणमा २५ मध्येबाट उत्कृष्ट १० नेता छनोट हुनेछन् । यसबाट सही विचार, सिद्धान्त, दृष्टिकोण बोकेका नेतालाई आम मानिसबीच परिचित हुन र अगाडि बढ्न सहज हुने विश्वास पनि आयोजकमा रहेको छ ।

यसैगरी उहाँहरूको वेबसाइट, मोबाइल एप, डिजिटल सफ्टवेयर, विकिपिडिया, जीवनवृत्त, सोच भिडियो, सोच आलेख, परियोजना प्रोफाइल, योगदान प्रोफाइललगायतका आधारमा व्यक्तिगत विवरण सङ्कलन गरी जनसमुदाय समक्ष लोकप्रियता मापनका लागि प्रस्तुत गरिएको छ ।

नेता छनोट गर्दा राजनीतिमा लागेको अनुभवदेखि पढाई, सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति, आचरण, आम मानिसबीचको लोकप्रियता, सार्वजनिक व्यक्तित्वलगायत विषयलाई आधार बनाइनेछ । प्राप्त निष्कर्ष सम्बन्धित पार्टीको नेतृत्वलाई हस्तान्तरण गरिने मिडिया एकेडेमीका सञ्चालक डम्बर साहुले सम्मेलनमा जानकारी दिe ​।