तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा अर्जुन र उपाध्यक्षमा ज्ञानेन्द्र तामाङसहित १९ सदस्य समिति

everest kitchen

सविन कुमार लोप्चन
काठमाडौं । तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम प्रदेश सभा बाट सर्वसहमत रुपमा अध्यक्ष अर्जुन तामाङ र उपाध्यक्षमा ज्ञानेन्द्र तामाङसहित १९ सदस्य समिति चयन भएको छ।

कार्यक्रम डोल्मा मनाङ्थेन तामाङको सभापतित्व र प्रमुख अतिथि बागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

त्यस्तै कार्यक्रममा बिशेश अतिथिको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका बरिस्ठ उपाध्यक्ष गजुरधन राई र अतिथिहरुमा भाषाविद अमृत योञ्जन तामाङ,तामाङ पत्रकार संघ केन्द्रिय अध्यक्ष बिष्णु तामाङ आदिवासी पत्रकार महासंघ बागमती प्रदेश इन्चार्ज लगायत थुप्रै अग्रज पत्रकार हरुको उपस्थित रहेको थियो।

नयाँ कार्यसमितिको अध्यक्ष अर्जुन पाख्रीन तामाङ (काठमाडौं ), उपाध्यक्ष ज्ञानेन्द्र तामाङ (चितवन ), महिला उपाध्यक्ष शान्ति थिङ ( सिन्धुपाल्चोक ), सचीव जगतमान तामाङ ( काभ्रेपलान्चोक ), सह सचीव जुनु घ्लान तामाङ (धादिङ ), सदस्यहरु: दिपेन्द्र थिङ (चितवन),अमर लामा (मकवानपुर), सन्दिप तामाङ (धादिङ ), मानकाजी तामाङ (काठमाडौं ),मायालु लामा (काभ्रेपलान्चोक), निशा मुक्तान (रामेछाप ), बिजय भोलान ( सिन्धुली),करण तामाङ (नुवाकोट ),बुद्ध राम तामाङ (ललितपुर),सरु लामा (सिन्धुपाल्चोक ),सरिना तामाङ (भक्तपुर ) चयन भएको छन ।

यद्यपि कोषध्यक्ष र रसुवा को तर्फ बाट आउने सदस्य को नाम भने उपस्थित नभएकोले बाँकी राख्दै जम्मा १९ जना सदस्य समिति मध्य १७ जना सर्वसहमत चयन गरिएको थियोे ।

संस्थापक अध्यक्ष रबिन्द्र तामाङको अध्यक्षता ३ सदस्य निर्वाचन समिति तय गरि सम्पन्न गरिएको थियोे । साथै, कार्यक्रममा विभिन्न जिल्ला बाट छनोट भएर ४१ जना प्रतिनिधि उपस्थित रहेको थियो।