लघुकथा : ज्वाईं को खोजी
रामचन्द्र तिमिल्सिना
“पाकेको खेती र हुर्केकि छोरी” धेरै दिन राख्न हुन्न भन्छन्, ए बुडा छोरी लाई गतिलो घर खोजेर अन्माउने पो हो कि अब? धने कि श्रीमती ले अलि चिन्तित हुँदै भनिन्। बुढी को कुरा ठिकै हो जस्तो लागेर धने गाउँ का नाम चलेका लमि माईला को घर तिर लाग्छन् ।
माईला, पेशाले हुलाकी भए पनि लमि को नाम ले परिचीत थिए।
धने लाई केटाको फोटो देखाउदै माईलाले भने,
“जग्गा जमिन प्रशस्त, बाह्र खाल मकै को सुलि, सय मुरि धान बेच्छन् हजुर गज्जब को ठाउँ छ।” “मेरि छोरी ले मेलापात गर्न जानेकी छैन माईला, दुख पो पाउछे कि?” अलि चित्त नबुझे जसरी उनले भने । “सरकारी जागीरे, जाँड-रक्सी केही नखाने केटो असल छ।” अर्को फोटो देखाउदै माईला ले भने।
“केटो असल भएर के गर्नु? नेपाल को जगिर ले दाल-भात खान नि धौधौ हुन्छ।” उनले फेरि असन्तुष्ट प्रकट गरे। माईलाले धने को मनसाय बुझेर अर्को फोटो देखाउदै भने, “हजुर को छोरी एक -बीस दुई जोड र केटो दुई-बीस एक कम, औरिकाको कार्ड भको छ। ”
“हजुर को छोरी सगँ जोडी असाध्यै मिल्छ हजुर”
माईला ले थप्दै भने। “बल्ल गाँठी कुरा गर्यो है माईलाले” धने ले चम्किलो मुहार बनाउदै भने। (लाहाचोक, कास्की )