काँग्रेस मकवानपुर २ (ख) मा कालाखेतीको प्यानल विजयी

everest kitchen

मकवानपुर । नेपाली कांग्रेस महाधिवशेनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ को प्रदेश सभा ख को सभापतिमा रन्जन कालाखेतीसहित उनको प्यानल नै विजयी भएको छ । सभापतिका प्रत्यासी रामकृष्ण प्रजालाई पराजित गर्दै कालाखेती २९२ मतका साथ विजयी बनेका हुन । प्रजाले २२३ मत पाएका थिए ।

उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ, सचिवमा भने नवराज पौडेल र कृष्ण योन्जन विजयी भएका छन् । सहसचिवमा गोपिलाल थिङ , शालिकराम अधिकारी विजयी भएका छन् । प्रदेश अधिवेशनको महिला तर्फ देवकी उप्रेती, पद्मादेवी श्रेष्ठ र यासिका घिसिङ विजयी भएका छन् ।

खुला प्रत्यक्षतर्फ कविता बर्तौला, कृष्णहरि कालालाखेती, कान्छाराम रुम्बा, निरशंकर लामा, निराजन बर्तौला, वेलबहादुर मुक्तान र रत्न बहादुर ब्लोन विजयी भएका छन् ।

त्यस्तै, खसआर्य तर्फ जयन्ती पाठक, आदिबासी जनजातिको महिला तर्फ संगीता थिङ, सीता बल विजयी भएकी छिन् । खुला तर्फभने निजन घलान, ठुलोकान्छा लामा, र सागर जिम्बा विजयी भएका छन् ।

दलित तर्फभने लोकबहादुर नेपाली निर्विरोध भएका छन भने अल्पसख्ंयकतर्फ विनोदकुमार प्रजा विजयी भएका छन् ।