रुकुमको त्रिवेणीका ७ वडाहरुमा माओवादी केन्द्रको नेतृत्व चयन, ३ वडामा विवाद

everest kitchen
६ नम्बर वडा भेलालाई सम्बोधन गर्दै माओवादी नेता तथा गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती

रुकुम । नेकपा (माओवादी केन्द्र)ले रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिकाका ७ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । त्रिवेणीका १० वडामध्ये ७ मा सर्वसहमतिले नेतृत्व चयन भएको हो भने ३ वडामा भने बाँकी रहेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) त्रिबेनी गाउँपालिका वडा नं. ६ को दोश्रो वडा सम्मेलनबाट निर्बाचित अध्यक्ष भद्र बहादुर सिर्पाली, उपाध्यक्ष मन बहादुर गिरि, सचिब आसाराम पुन, सहसचिब दिलमाया ओलि बिष्ट, कोषाध्यक्ष रचना बुढाथोकी ओलिसहितको २९ सदस्य कमिटी चयन गरिएको छ ।

वडा नं. ६ को दोश्रो वडा सम्मेलनमा माओवादी केन्द्रका नेता तथा गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, नेतृ तथा गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट “खडका” लगायतको उपस्थिति रहेको माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य राजेन्द्र पुनले जानकारी दिए ।

त्यस्तै केन्द्रले त्रिवेणीको ३ नम्बर वडामा मोहन ओलीको अध्यक्षतामा २९ सदस्य वडा कमिटी निर्माण गरेको छ ।नवनिर्वाचित अध्यक्ष ओली स्थानीयतहको निर्वाचित वडा अध्यक्षसमेत हुन।

त्रिवेणी गाउँपालिका वडाहरु ७ नम्बरमा शंकर डाँगी, १० नम्बरमा शेरमान खड्का, ८ नम्बरमा डम्बर खड्का, ९ नम्बरमा पदम बस्नेत र २ नम्बरमा तुल्सीराम विसीको नेतृत्वमा वडा कमिटीहरु निर्माण गरिएको माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काका अनुसार वडा नम्बर १, ४ र ५ मा भने कमिटी चयन हुन सकेको छैन । नेतृत्वको आंकाक्षि धेरै भएपछि र प्राविधिक समस्याले उक्त वडाहरुमा नेतृत्व चयन गर्न नसकिएको बताएको छ । यद्यपि त्यहाँपनि तुरुन्तै नेतृत्वसहितको कमिटीको टुंगो लाग्ने खड्काले बताए ।

पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । सोही तालिका अनुसार देशभर एकसाथ हजारौं वडामा माओवादी केन्द्रले अधिवेशन गरेको छ ।