महरासहित प्रचण्ड – विप्लव बार्ता, सहकार्य गरेर जाने सहमति

everest kitchen
photo file

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

गएराति प्रचण्ड निवास खुमल्टारमा प्रवक्ता कृष्णबहादुर महरासिहत ३ नेताको भेटवार्ता भएको हो । दुई पार्टीबीच सहकार्य गर्दै जाने विषयमा सकारात्मक छलफल भएको स्रोतले समाचार दैनिकलाइ बतायो ।

दुइपार्टीको नेताहरूको एक्लाएक्लै भेट गरौं र सहकार्य तथा एकताको पहल गरौं भन्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा नेता चन्द सहमत भएपछि भेटघाट सफल भएको हो । नेता चन्दले एक्लै भन्दा पनि अरू नेताहरू पनि लिएर छलफल गर्न चाहेका थिए ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

‘छलफलमा प्रचण्ड, विप्लव र महरा कमरेड मात्र बस्नु भएको थियो, दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भयो,’ स्रोतले भन्यो । कतिपय कोणबाट पार्टी एकता तत्काल हुने र कुन कुन पद लिने भन्ने जस्ता प्रचार गरिएपनि दुइ नेताबीचको भेटमा त्यस्तो कुनै छलफल नभएको बरू तत्कालका लागि सहकार्य गर्दैजाने र भविष्यमा पार्टी एकता सम्म जान सकिने सकारात्मक छलफल भएको हो स्रोतले भन्यो ।

अध्यक्ष प्रचण्ड संसदीय राजनीतिमा लागेको र यो बाटोबाट समाजवाद सम्म नपुगिने निचोड निकालेर तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि विभाजित माओवादीमा लागेका थिए । पछि उनी वैद्यलाइ पनि छोडेर नयाँ एकीकृत क्रान्तिको बाटोमा लाग्ने भन्दै ससस्त्र अभियानमा लागे । तर उनको पार्टीले अपेक्षित प्रगति गर्ने र जनताको मन जित्न नसकेपछि विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् ।

उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारसँग २०७७ फागुन २१ गते पार्टी कार्यकर्ता छोड्ने लगायतका तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए । तर सरकारसँग गरेको तीन बुंदे सहमति अझै कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ । समाचारदैनिकबाट