काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गाउँपालिका अध्यक्ष मल्लको उमेरद्वारी घोषणा

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लाको पश्चिम भेग राक्सिराङ गाउँपालिकाका जननिर्वाचित गाउँपालिका अध्यक्ष राज कुमार मल्लद्वारा काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उमेरद्वारी घोषणा गरेका छन् ।

नेता मल्ल २०७४ को स्थानीय चुनावबाट काङ्ग्रेसको तर्फ बाट गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका थिए । मल्ललाई जिताउन गाउँपालिका भरिका नेता तथा कार्यकर्ताहरु लागि परिरहेको बताएको छ ।

मल्ल समर्थक सबै कार्यकर्ताहरु मल्ल जस्तो निष्ठावान नेता हार्ने अवस्था नरहेको र अत्याधिक मतले जित्ने दावी गरेका छन् । साथै मल्ललाई जिताउन मल्ल समर्थकले सामाजिक सञ्जाल बाट अनुरोधसहित प्रचारप्रसार गर्दै आएका छन् ।

त्यस्तै मल्ललाई जिताउन मकवानपुर क्षेत्र नं. २ “ख”को अधिवेशनमा सभापतिमा पराजित भएका रामकृष्ण प्रजाले पनि अध्यक्ष मल्ललाई जिताउन कार्यकर्ताहरुसँग आवहान गर्दै आएका छन् ।