चार महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार, कतार जानेको लहर

everest kitchen
photo file

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् । पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् ।

कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कुवेत, ओमान र बहराइनलगायतका देश छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।